• तिजको मर्म बोकेको गीत ‘शितलु’

    म्यूजिक खबर
    प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

    काठमाडौं । नेपाली नारीहरूको महान चाँड हरितालिका तिज संघारमै आइसक्यो । कोरोना भाइरसका त्रासका कारणले विगतका वर्षहरुमा जस्तो तीजको उल्लास यस वर्ष भएको छैन । तथापी विभिन्न धारका गीतहरु भने यो वर्ष पनि सार्वजनिक भएका छन् । यसै सन्दर्भमा शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा रहेको “शितलु” बोलको निकै मार्मिक गीत पनि सार्वजनिक भएको छ । गीतको शब्द शृजना चर्चित शर्जक नबराज पन्तले गरेका हुन भने संगीत प्रकाश पराजुलीकै रहेको छ।

    गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट देखिन्छन,मार्मिक कथा बस्तुलाई समेटेर गीतको भिडियो तयार पारिएको छ।

    भिडियो निर्देशन मौशम हिमालीले गरेका हुन भने भिडियोमा अभिनय गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु