उत्कृष्ट श्रब्य र दृश्यको संयोजनमा ‘झुम्के मायालु’

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७८, आईतवार
shiva-hamal

को काठमाडौं । अर्गानिक स्वरका धनि गायक बिमल परियार र राखी मल्लको स्वरमा ‘झुक्के मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुप्रसिद्ध प्रस्तोता एवं सर्जक शिव हमालले शब्द र संगीत भरेका छन् । वान डिबी एचडि स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन् भने मिक्सिङ एचबिएन किस्मतले गरेका हुन् ।

सुनिल क्षत्रीको निर्देशन रहेको गीतको भिडियोमा समारिका ढकालको साथमा स्वयं सुनिल क्षत्रीले अभिनय गरेका छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । गीतलाई शिब हमाल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु