लालुमैपछि शिव हमालको अर्को झट्का ‘लाउँछ माया’

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

काठमाडौं । ‘लालुमै’ गीत बजारमा आएको धेरै समय भएको छैन तर चर्चाको हिसाबले शिखर चुमिरहेको बेलामा शिव हमालकै शब्द र संगीतमा अर्को झट्का संगीतप्रेमीलाई लागेको छ ‘लाउँछ माया’ । लालुमैले ८ मिलियनको यात्रा पार गरिसकेको अवस्थामा नयाँ गीत ‘लाउँछ माया’ बजारमा आएपछि फेरी चर्चा सुरु भएको छ । कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने आशिष अबिरलकै रहेको छ । पछिल्लो समय लोकदोहोरीलाई फरकपनमा प्रवेश गराउन सफल भएका छन् संगीत संयोजक आशिष अबिरल । उनको संगीत संयोजनको गीत सालको पात, लालुमै, जाम सुस्तै सुस्तै जस्तै ‘लाउँछ माया’ पनि सफल यात्रामा जाने पक्का देखिएको छ ।

लाउँछ मायाको भिडियोमा महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ । राजेश घिमिरेको छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सनको काम गरेको छ भने गायिका सरिता कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु