करोड क्लबमा शिव परियारको ‘आँशुको अर्थ’

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७५, सोमबार

काठमाडौं । गत बर्ष जनवरी ९ मा रिलिज भएको लोकप्रिय गायक शिव परियारको स्वर रहेको अतिनै लोकप्रिय गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ ।

युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने २ हजार ८ सय बढी कमेन्ट समेत मिलेको छ ।

पछिलो समय निकै चर्चामा रहेको ‘आँशुको अर्थ’ गीतबाट गायक शिव परियारले रेडियो कान्तिपुर द्वारा आयोजना गरिएको नेसनल म्युजिक अवार्डमा यस बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।

गीतलाई संचारकर्मी रबि अधिकारीले लेखेका हुन् भने संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखन तथा चलचित्र निर्माण समेत आफुलाई प्रस्तुत गर्नु भएको छ । गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका हुन् ।

 

‘आँशुको अर्थ’ को भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई गायक परियारले आफ्नो एघारौं गीतिसंग्रह ‘शिवालय’ मा समाबेश गरेका छन् । यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ,ं मिक्सिङ एवं मास्टरिङ गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु