• छाडि जाने प्रियसीको खुशीको कामना गर्दै ‘आँसुको अर्थ–२’

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७५, शनिबार ०३:३९

    काठमाडौं । लोकप्रिय गायक शिव परियार यतिबेला छाडि जाने प्रियसीको खुशीको कामना गर्दै ‘आँसुको अर्थ–२’ मार्फत् आएका छन् । गत वर्ष आँसुको अर्थ बजारमा आउँदा छाडि जाने प्रियसीसँग गुनासो मात्र थियो । गीत धेरै चर्चामा पनि आयो । आधुनिक गीत गायनमा एकछत्र राज गर्दै गर्दा आँसुको अर्थले अलि फरकपनका साथ चर्चा पायो । त्यही गुनासोसँगै रमाएका दर्शकहरुलाई यतिबेला भने ‘आँसुको अर्थ–२’ (मेरो भागको खुशी तिमीलाई मिलोस्) सँगै पुनः चर्चा बटुल्ने क्रममा छन् गायक शिव परियार ।

     

    गीतमा स्वर तथा संगीत स्वयम शिव परियारको नै रहेको छ । यसका गीतकार रवि अधिकारी हुन् । त्यसैगरी यसमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।

    गीतको भिडियोमा मुख्य भूमिकामा अहिलेकी हिट मोडल ज्योत्सना योगी र सन्नी सिंहको जोडदार अभिनय रहेको छ ।

    गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशन निकेश खड्काले गरेका हुन् । यो गीतको भिडियोले पनि पछिल्लो समयको ट्रेन्डिङको टे«न्डलाई पछ्याउँदै अगाडि बढिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु