‘धोकेबाज’ विवादको वास्तविकता खुलाउँदै शिवको विज्ञप्ती

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

पछिल्लो समय सर्वाधिक चर्चामा भएको गीत हो– ‘धोकेबाज’ अर्थात ‘धोकेबाज हौ तिमी’ । गीतलाई कन्सर्टमा उपस्थित दर्शकले हाउभाउ मिलाउँदै गायक–गायिकालाई साथ दिएको भिडियो सार्वजनिक भएपछि गीत केहि समय यता भाइरल नै भइरहेको छ ।
कन्सर्टमा गाइएको साउण्डलाई प्रयोग गरेर टिकटक, फेसबुक रिल्स र इन्स्टामा भाइरल भएको हो । मेल भर्सनमा गायक शिब परियार, फिमेल भर्सनमा एलिना चौहान र चाइल्ड भर्सनमा सुप्रिम मल्लको स्वर रहेको गीतलाई दर्शक श्रोताले निकै रुचाए । गीतमा सुबास कार्की ‘कार्कीं’को शब्द र संगीत रहेको छ ।

गीत चर्चा र भाइरलमा आएसँगै केहि विवाद पनि सिर्जना भएको छ । गायक गायिका बिच गीतको जस लिन टक्कर भएको भन्दै समाचार तयार भएका छन् । ‘धोकेबाज हौ तिमी गीतको जस लिन शिव र एलिनाबीच होड’ ‘धोकेबाज हौ तिमी कसको गीत हो ? एलिनाको की शिव परियारको’ लगायतका शिर्षकका समाचारहरु सेयर भइरहेका छन् । कतिपयले यस्तै आसयले स्टाटस र कमेन्ट गरिरहेका छन् । अझ गायक शिव परियारलाई लक्षित गर्दै केहि नकारात्मक कमेन्टहरु आइरहेका छन् ।
सर्वप्रथम गीतको मुख्य हकदारका हिसाबले हेर्दा स्रष्टा एवं उत्पादक सुवास कार्की हुन् त्यसपछि प्रस्तोताको हकमा तीन जना गायक गायिका देखिएका छन् । उनीहरुले आफ्नो गीत भन्न पाउने अधिकार नैतिक रुपमा प्रष्ट देखिन्छ । आर्थिक अधिकारको विषयमा स्रष्टा तथा उत्पादक सुवास कार्की हुन् भने बौद्धिक नैतिक हिसाबमा प्रस्तोताले आफ्नो गीत भनेर दाबी गर्ने अधिकार देखिन्छ । तर यहाँ बजारमा आफ्नो टीआरपी बढाउने या गायक गायिकाको विषयमा विवाद ल्याएर भ्यूअर्स बढाउन लक्षित केही व्यक्ति र समुदायहरुले गर्दा स्रष्टा र प्रस्तोतालाई विवादित बनाइरहेको देखिन्छ ।

अतः यसरी जबरजस्ती विवादमा ल्याउन प्रयास गरिएको भन्दै गायक शिब परियारले चिन्ता व्यक्त गरेका छन् । गीत कसको ? वा मेरो भनेर गायक गायिकाले कतै पनि नबोलेको र वा जबरजस्ती बोल्नका लागि उक्साइएको भन्दै उनले प्रेस विज्ञप्ती नै जारी गरेका छन् । उनले सामाजिक सञ्जाल युजर्सलाई कुरा बुझेर मात्र कमेन्ट गर्न र अनाधिकृत रुपमा गालि नगर्न आग्रह गरेका छन् ।

गायक परियारले फेसबुक मार्फत सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा यस्तो लेखेका छन् –
धोकेबाज हौ तिमी प्रेस विज्ञप्ती
धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनि बनाउँ प्रहारपूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार (पहिला कस्ले गाएको ? पछि कस्ले गाएको ? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दछु । ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका आधिकारिक स्रष्टा र सङ्गीतकार सुबास कार्की ।
‘कार्कीजी’ ले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ । यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन । चोरि चकारि वा कभर गरेर हामी कसैले गाएको पनि हैनौं । यस गीतलाई मेल, फिमेल, चाईल्ड यी तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन् । यो बिषयमा कुनै बिबाद गर्नु पर्ने आधार या आवश्यकता मैले देखेको छैन । आधिकारिक रुपमा स्पष्ट पार्दछु । यति सहज र सरल र बिषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सि आकर्षित देखिन्छ । यो वास्तविकता देखि सतर्क र सावधान भईदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझि गालि गलौजको भाषा प्रयोग गरेर कमेण्ट गर्न हतार नगरौं । मेरा समस्त प्रिय शुभचिन्तकहरुमा अनुरोध गर्दछु ।

नुवाकोट महोत्सवमा आफ्नो प्रस्तुतिमा उत्साहित भएका दर्शक श्रोतासँग सेल्फीसँग गायक शिव परियारको सेल्फी फोटो

मेल भर्सन

फिमेल भर्सन

चाइल्ड भर्सन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु