
काठमाडौं । स्वर शब्द र संगीतको उत्कृष्ट संयोजन भएको गीत ‘माया बिक्ने भएछ’ सार्वजनिक भएको छ । यतिबेला युट्युवमा संगीत तर्फ ट्रेण्डिङको दोश्रो स्थानमा पर्न सफल रहेको उक्त गीतमा चर्चित एवं लोकप्रिय गायक शिव परियारले स्वर भरेका छन् ।
गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत रहेको गीतमा बिशाल निरौलाको एरेन्ज रहेको छ । उत्कृष्ट गीत भन्ने भावका कमेन्ट अत्याधिक छन् । विशेषतः गायक शिव परियार र कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको उत्कृष्ट काम भनेर तारिफ गरिएको छ ।
लोकप्रिय कलाकारद्वय पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धामलाले सम्पादन गरेका हुन् । भिडियोलाई गीतका एरेन्जर बिशाल निरौलाको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।