शिवशक्ति तिज म्यूजिक अवार्ड भाद्र ११ मा हुँदै

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७९, बुधबार

काठमाडौं । तिज पर्वलाई विशेष प्राथमिकता राखेर आयोजना गरिएको शिवशक्ति तिज म्यूजिक अवार्ड–२०७९ आगामी भाद्र ११ मा हुने भएको छ । आष्र्टिष्ट अफ नेपाल (www.artistofnepal.com)को प्रस्तुतिमा आयोजना हुन लागेको यो अवार्डको आवेदन फाराम खुला गरिएको छ । २०७९ मा बजारमा आएका तिज गीतहरुको विभिन्न २० विधामा केन्द्रीत रहेर यो अवार्ड आयोजना गरिएको हो ।

यस अवार्डमा मौलिक तिज गीत, तिज दोहोरी गीत, संयुक्त गायन, शब्द, संगीत, एरेन्जर, गायक, गायिका, मिक्सिङ, भिडियो निर्देशक, मोडल, छायाँकार, कोरियोग्राफर, सम्पादक लगायतका २० विधामा अवार्ड आयोजना गरिएको हो ।

यस अवार्डमा चलचित्र, गीतसंगीत, फेसन, ब्यूटिपार्लर, व्यवसाय लगायतका समाजका विभिन्न पाटोमा क्रियाशील महिला दिदीबहिनीलाई सम्मान गरिनेछ । अवार्ड कार्यक्रममा तिज पर्वलाई मध्यनजर गरेर दर खुवाउने कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रम मिडिया इन्टरनेशनल, साइभिजन प्रा.लि. र विकल्प एग्रो फार्मको सहकार्यमा आयोजना गरिएको हो । यसको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन शुभकामना मिडिया सोलुशन र म्यूजिक खबरले जिम्मा लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु