• शिवशक्ति तीज म्यूजिक अवार्डमा प्रकाश र चन्दा उत्कृष्ट गायक गायिका, रेखाको छमछम पातली कम्मर उत्कृष्ट मौलिक गीत

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७९, आईतवार

    काठमाडौं । महिलाहरुको महान् पर्व तीजको अवसरमा बजारमा आएका गीतसंगीतलाई लिएर आयोजना गरिएको ‘शिवशक्ति तीज म्यूजिक अवार्ड–२०७९’ सम्पन्न भएको छ । शुभकामना मिडिया सोलुसनको आयोजना तथा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा शिवशक्ति तीज म्यूजिक अवार्ड–२०७९ काठमाडौंको बिजी बैंकटमा सम्पन्न भएको उक्त अवार्डमा दोहोरीतर्फ गायक प्रकाश कटवाल र गायिका चन्दा अर्याल उत्कृष्ट गायकगायिका घोषित भए भने मौलिकतर्फ सुनिता दुलाल उत्कृष्ट गायिका घोषित हुन सफल भइन् । त्यस्तै रेखा शाहको ‘छमछम पातली कम्मर’ उत्कृष्ट मौलिक गीत हुन सफल भए । गायक रविन लामिछाने र गायिका शोभा कार्की पपुरल गायक गायिका हुन सफल भ एभने गीता ढुंगाना र लोमश शर्मा पपुलर मोडल घोषित भए ।
    त्यस्तै कार्यक्रममा वरिष्ठ गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र शीला आलेलाई चिरायू आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट सम्मानित भए । त्यस्तै कला पत्रकारिता सम्मानबाट संचारकर्मी अनिता विन्दू, कला अध्यात्म सम्मानबाट अभिनेता÷साधिका शोविता सिंखडा, स्वास्थ्यसेवी सम्मानबाट सहप्राध्यापक डा.भारती शर्मा रेग्मी, हाँस्यकला सम्मानबाट पल्पसा डंगोल, हाँस्यकलाकार, संगीत व्यवसायी सम्मानबाट विष्णुमाया गुरुङ गायिका तथा समाजसेवी, संगीत व्यवसायी सम्मानबाट सरिता अधिकारी, गायिका तथा समाजसेवी, अग्रज नारी सम्मानबाट गायिका पवित्रा रसाइली र गायत्री भण्डारी र व्यवसायी सम्मानबाट अंशु आर्या सम्मानित भए ।
    कार्यक्रममा गायिका राधिका हमाल, शिला आले, जुनु रिजाल, रेखा शाह, गायक सुप्रिम मल्लले गीत प्रस्तुत गरेका थिए भने मोडल रविना भण्डारीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

    अवार्ड प्राप्त गर्नेहरुको सूची निम्न छन् ः
    – उत्कृष्ट तीज दोहोरी मिक्सिङ
    कृष्ण पुन– हेरिस्यो न
    – उत्कृष्ट तीज दोहोरी एरेन्जर
    विश्वास नेपाल– डालीमा चील बस्यो
    – उत्कृष्ट तीज दोहोरी शब्द
    केशव पौडेल–स्यानी–२
    – उत्कृष्ट तीज दोहोरी संगीत
    श्रीकृष्ण बममल्ल– काँकरी हरिया
    – उत्कृष्ट तीज गीत नवगायक पुरुष
    सुप्रिम मल्ल ठकुरी– सिन्दूर
    – उत्कृष्ट तीज दोहोरी गाायक
    प्रकाश कटवाल–जान्न बाबा जान्न
    – उत्कृष्ट तीज दोहोरी गायिका
    चन्दा अर्याल– जान्न बाबा जान्न
    – उत्कृष्ट तीज दोहोरी गीत
    झम झम झम्काना– भागीरथ चलाउने र सुनिता बुढा
    – उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष
    विजय पुन– भाले मादल
    – उत्कृष्ट म्यूजिक भिडियो मोडल महिला
    रुविना भण्डारी– दुःख दियो शिव
    – उत्कृष्ट युगल म्यूजिक भिडियो मोडल
    प्राची लामा र लोसिना लामिछाने–राम्रो छ कि छैन
    – उत्कृष्ट म्यूजिक भिडियो निर्देशक
    प्रविन थापा–स्यानी–२
    – उत्कृष्ट म्यूजिक भिडियो कोरियोग्राफर
    स्मृति तिमिल्सिना– छमछम पातली कम्मर
    – उत्कृष्ट म्यूजिक भिडियो छायाँकार
    नवराज उप्रेती–बाटुली
    – उत्कृष्ट म्यूजिक भिडियो सम्पादक
    प्रविन भट्ट– उहिलेका भाका
    – उत्कृष्ट म्यूजिक भिडियो नव मोडल पुरुष
    अर्जुन न्यौपाने– सिन्दूर खै त मेरो
    – उत्कृष्ट म्यूजिक भिडियो नवमोडल महिला
    मनिषा सुनार– हेर न मायाले
    – उत्कृष्ट संयुक्त गायन
    रामचन्द्र काफ्ले र जुनु रिजाल– उहिलेका भाका
    – उत्कृष्ट तीज युगल गायन
    सलिना नेपाली र निरा छन्त्याल– संगीनी
    – उत्कृष्ट डायस्पोरा तीज गीत
    बिमल डाँगी र सरिता डाँगी– फूलबुट्टे सारी
    – उत्कृष्ट मौलिक गीत मिक्सिङ
    पवन विश्वकर्मा– उहिलेका भाका
    – उत्कृष्ट मौलिक गीत शब्द
    रेम गुरुङ – केले रुवायो
    – उत्कृष्ट मौलिक संगीत
    कमल कुमार वि.क.– कान्छि बुहारी
    – उत्कृष्ट मौलिक गीत संगीत संयोजन
    बीबी अनुरागी– कान्छि बुहारी
    – उत्कृष्ट मौलिक गीत गायिका
    सुनिता दुलाल– यो रमाइलो तिजैमा
    – उत्कृष्ट मौलिक तीज गीत
    रेखा शाह– छमछम पातली कम्मर\

    – उत्कृष्ट राइजिङ स्टार जर्नालिष्ट
    जीना कार्की – नेपाल टाइम्स
    – जुरी अवार्ड गायिका
    कोपिला गौतम– छमछमछम
    – जुरी अवार्ड गीतकार
    विनोद ढकाल– जान्न बाबा जान्न
    – पपुलर अवार्ड गायक
    रविन लामिछाने– स्यानी–२
    – इन्करेजमेन्ट युगल गायन अवार्ड
    मन्जु उपासना र सकुना श्रेष्ठ मलेकु– तिजको लहर छ गाउँ शहर
    – पपुलर अवार्ड गायिका
    शोभा कार्की– बाटुली
    – इन्करेजमेन्ट नव गायिका
    तारा थापा– ताराको कोही छैन साहारा
    – पपुलर अवार्ड म्यूजिक भिडियो मोडल
    लोमश शर्मा– जय शिव भोला
    – इन्करेजमेन्ट गीतकार
    अनिश दवाडी– मायाले बोलासी घरै
    – पपुलर म्यूजिक भिडियो निर्देशक
    मौसम हिमाली– भाले मादल
    – पपुलर म्यूजिक भिडियो मोडल
    गीता ढुंगाना– झमझम झम्काना

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु