• रातो सारीमा शोभा

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७१, शनिबार

    काठमाडौं, २४ साउन । तिज नजिकिँदै गर्दा गायिका एवं कार्यक्रम प्रस्तोता शोभा त्रिपाठी पनि रातो सारीमा सजिएकी छिन् । आमाले दिएको रातो सारी र बाबाले दिएको पाउजुमा उनको तिजले पूर्णता पाउने भएको छ । तिज आएपछि आफ्नो प्रतिभालाई बजारमा ल्याउने शोभाले यसपाली भने गीतकार गोविन्दप्रसाद उपाध्यायसँग मिलेर तिज मनाउने भएकी हुन् । पछिल्लो समयमा शब्दका माला गाँसेर एउटा सुमधुर गीत सिर्जनामा जुटेका गोविन्दप्रसाद उपाध्यायको शब्दमा रहेको तिज कोसेलीमा गायिका शोभाले आफैंले गाउनुका अलावा मोडलिङ पनि गरेकी छिन् । उक्त गीतलाई हरि लम्सालले संगीत दिएका छन् । उपाध्यायले यसभन्दा अघि बजारमा ल्याएका गीतहरु कहिले मिलन कहिले विछोडलगायतका सबै उत्कृष्टताको श्रेणीमा पुगेको थियो । सत्यता एल्बम बजारमा ल्याएपछि गीतकार उपाध्यायलाई एउटा सफल गीतकारको श्रेणीमा दर्ज मिल्यो । लगातार अवार्ड हात पारेपछि हौसिएका उपाध्यायले तिज नजिकिँदै गर्दा आफ्नो सांस्कृतिक महत्वलाई पनि गीतबाट प्रस्फुटन गरेका छन् । तिज भन्ने वित्तिकै हिन्दू नारीहरुको महान चाडका रुपमा परिचित छ । हिन्दू नारीहरुकै तिजको अवसरमा बजारमा ल्याएको तिज कोसेलीमा मौलिकता झल्किएको छ । मौलिक शब्दहरुको समावेश गरेर निर्माण पारिएको उपाध्यायको तिज गीत यतिखेर डिजिटल प्रविधिमा चर्चाको शिखरमा नै छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु