संगीतकार मल्ललाई गल्कोट स्पोर्टस क्लबको सम्मान

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार

टोकियो । लोकप्रिय संगीतकार श्रीकृष्ण बममल्ललाई जापानमा रहेको गल्कोट स्पोर्टस् क्लबले सम्मान गर्ने भएको छ । नेपाली सांगीतिक क्षेत्रमा संगीतकार, गायक र रचनाकारका रुपमा आफूलाई स्थापित गरेका बममल्ल नेपालको भविबल खेलका राष्ट्रिय खेलाडी समेत हुन् ।
टोकियोको ओमरीस्थित सारङ्गी रेस्टुरेन्टमा एक समारोहबीच उनलाई सम्मान गरिने क्लबले जनाएको छ । आज साँझ ५ बजे हुने कार्यक्रममा उनलाई सम्मान गरिने भएको हो ।
आधुनिक, लोक, चलचित्र गरी करिब ७ सयभन्दा माथि गीतमा संगीत भरिसकेका मल्लले केही म्यूजिक भिडियोमा अभिनय र निर्देशन पनि गरेका छन् । संगीत रोयल्टी संकलन समाज नेपालको तर्फबाट जापानमा रहेको जापनीज सोसाइटी फर राइटस् अफ अथर्स कम्पोजर एण्ड पब्लिसर (जासराक)ले आयोजना गरेको कार्यक्रममा भाग लिन जापन पुगेका थिए । सोही अवसरमा उनलाई सम्मालाई गल्कोट स्पोटर्स क्लले सम्मान गर्न लागेको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु