श्रीकृष्ण लुइँटेलको सन्देशमूलक गीत ‘गाह्रो छ हौ मलाई’

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०८०, बुधबार
Shrikirshna Luitel

काठमाडौं । लोकप्रिय गायक श्रीकृष्ण लुइँटेलको सन्देशमूलक भावमा रहेको गीत ‘गाह्रो छ हौ मलाई’ सार्वजनिक भएको छ । युवाजति विदेशमा, गाउँघरमा बृद्धा, आईमाई केटाकेटी मात्र हुँदा मर्दा, पर्दा आईपर्ने आपत विपतमा परेको समस्यालाई गीतमा उजागर गरेका छन् । गायक लुइँटेलले पछिल्लो समयको देशको परिस्थितिलाई गीतमार्फत चित्रण गरेका छन् ।

‘गाह्रो छ हौ मलाई’ गीत चर्चित गायक श्रीकृष्ण लुइँटेल र मनिषा पोखरेलको स्वरमा रहेको छ । गीतको शब्द तथा संगीत गायक स्वयम्कै रहेको छ । गीतको संगीत संयोजन भने दिनेश न्यौपानेले गरेका छन् ।

‘गाह्रो छ हौ मलाई’ गीतको म्यूजिक भिडियोमा लामो समय चलचित्र क्षेत्रमाकाम गरेका अनुभवीमिलन सुवेदी ‘बाटाघरे’को निर्देशन रहेको छ । भिडियोमा श्रीकृष्ण लुइँटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला वस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुद्धिमान भुजेलको जीवन्त अभिनय रहेको छ । भिडियोलाई सुमन तामाङले खिचेका हुन् भने हिमाल तामाङको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु