• नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी , ब्यूटी विद अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ

    म्यूजिक खवर
    प्रकाशित: १७ मंसिर २०७५, सोमबार

    काठमाण्डौ । चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।केही बेर अघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।अाफूले मल्टिमिडिया अवार्ड जितेकाेमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएकाे अावाजमा भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’

    भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।यसका बारेमा श्रृंखलाले अाधिकािरक जानकारी गराए पनि मिस वर्ल्डकाे अाधिकारिक पेजमा अाउन भने बाँकी छ ।ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु