उदियमान गायिका सृष्टि थापाले ल्याइन् सेन्टिमेन्टल गीत “टाढा भएनी” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार ०१:५८

नेपाली कला क्षेत्रमा उदियमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्। लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्।

हाल सार्वजनिक गरिएको गीत “टाढा भएनी ” सेन्टिमेन्टल गीत रहेको छ। संगीतमा सागर सुनार , रचना भने सागर सुनार र गायिका स्वयंको रहेको छ l सोही म्युजिक भिडियोलाई निर्देशन टेक अछामीले गरेका हुन्, छायाङ्कन भने उमेश शाह र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु