प्लास्टिक सर्जरीबाट श्रुति हसनलाई तनाव, सर्जरीबाट क–कसको अनुहार बिग्रियो ?

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार
bolleywood

काठमाडौं । खासगरी सेलिब्रेटीमाझ सौन्दर्यतालाई लिएर प्लास्टिक सर्जरी निकै चर्चित छ । कृत्रिम उपायबाट शारीरिक बनावट नै फेरबदल गरी सुन्दर देखाउन अधिकांश नायिकाहरू प्लास्टिक सर्जरीको सहारा लिइरहेका हुन्छन् । तर यसलाई खुलेआम स्वीकार गर्न भने हिच्किचाउने गर्छन् । तर बलिउड नायिका श्रुति हसनले भने आफूले प्लास्टिक सर्जरी गरेको खुलेआम स्वीकार गरेर अन्य नायिकाहरूलाई चुनौती थपिदिएकी छन् ।

बलिउडमा मात्रै प्लास्टिक सर्जरी गरेको दाबीसहित कैयौं नायिकाहरूको नाम आइसकेको छ । यस्तोमा बलिउडदेखि हलिउडसम्म आफ्नो चर्चा फैलाउन सफल नायिका प्रियंका चोपडा अगाडि छन् । उनले प्लास्टिक सर्जरीमार्फत अनुहारको बनावट नै बदलेको दाबी गरिन्छ। तर चोपडाले भने उक्त कुरालाई स्वीकार गरेकी भने छैनन् ।

खासगरी नायिका सर्जरीको सहारामा नाकको कोण ठीक पार्नेदेखि मुस्कानलाई सच्याउने बढिरहेको दाबी आउने गर्छ । सन् २०१८ मा ‘धडक’ मार्फत बलिउडमा डेब्यु गरेकी श्रीदेवी पुत्री जान्हवी कपुरले पनि लिप गी फिलर्समार्फत ओठको आकार बढाएको बताइन्छ ।

सर्जरीबाट अनुहार बिग्रिएका अभिनेत्रीहरु
बलिउडमा प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीको लिस्ट लामो छ । ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी, गौहर खान, कैटरिना कैफ, प्रीति जिन्टा लगायत अभिनेत्रीहरुले ग्ल्यामरको लागि प्लास्टिक सर्जरी गरेका छन् । तर, राम्रो देखिनको लागि प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीहरुले धोका पनि खाएका छन् । जसको कारण उनीहरु ट्रोलको शिकार पनि भएका छन् । प्लास्टिक सर्जरी बिग्रिंदा मोनी राय ट्रोलको शिकार भइन् ।
–एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु