मुकारुङलाई ५५ हजार नगद सहित बुङ्वाखा–विष्णु–मकर राष्ट्रिय पुरस्कार प्रदान गरिने

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७८, आईतवार

काठमाडौं । बान्तावा राई भाषामा प्रकाशित भइरहेको बुङ्वाखा (फूलबारी) मासिकमा स्थापित विभिन्न पुरस्कारहरूको घोषणा गरिएको छ ।

यस वर्ष बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार कवि तथा गीतकार शुभ मुकारुङलाई प्रदान गरिने भएको छ। ‘किरात राई जाति र मुन्दुमी सामग्री’लगायत करिब एक दर्जन कृति, लेखन, संकलन, सम्पादन र प्रकाशन गरेवापत उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि ५५ हजार दुई सय ९१ रुपैयाँ छ।

५० हजार रुपैयाँ राशिको बुङ्वाखा(यूके सायाचोङ्मा पुरस्कार चन्द्रकुमार राई ‘हतुवाली’ले पाउने भएका छन् । ४० हजार रुपैयाँ राशिको बुङ्वाखा(पञ्चकुमारी संगीत पुरस्कार सुखदेव राई, १० हजार रुपैयाँ राशिको बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार खान्नुबुङ राई, १० हजार राशिकै बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार रामचन्द्र राई राजालिमलाई दिने निणर्य भएको जनाइएको छ ।

बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार १७औँ बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविलाई प्रदान गरिने भएको छ ।
पुरस्कारको राशी क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ छ ।

बान्तावा राई भाषामा प्रकाशित ‘बुङ्वाखा’ मासिकद्वारा स्थापित विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो ।
बुङ्वाखा पुरस्कार छनोट उपसमितिको मंसिर १० गते बसेको अनलाइन बैठकले पुरस्कारहरूबारे निणर्य गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु