चलचित्र “शिबम्” दशैंको अवसर पारेर अशोज १७ गते देखि आउँने

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । राजु गिरीले निर्देशन गरेको चलचित्र “शिबम्” प्रदर्शनको लागी तयार भएको छ । चलचित्र सेन्सर बोर्डबाट सेन्सर पास गरी पिजी सर्टिफिकेट लिएसँगै यो चलचित्र प्रदर्शनको लागी तयार भएको हो । एस,के, प्रोडक्सन एण्ड मिडिया प्रा,लि,को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, रश्मी भट्ट, राजकुमार थापा, प्रदिप गिरी, राजु गिरी पल्पसा डंगोल, लगायतले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस चलचित्रको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् । तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको चलचित्र ूशिबम्ू आफ्ना अघिल्ला अरु चलचित्र भन्दा पनि धेरै मेहनत गरेर निर्माण गरेको कारणले पनि दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको निर्देशक राजु गिरीले बताए । (चलचित्रमा चाहिने लभ, एक्सन, हाँस्य लगायत सबै मसला समेट्न धेरै मेहनत गरेका छौं, त्यसैले पनि चलचित्र शिबम् नेपाली दर्शकको मनमा बस्छ ( निर्देशक गिरीले बताए । चलचित्र दशैंको अवसर पारेर यही अशोज १७ गतेदेखि देशब्यापी प्रदर्शन हुन लागेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु