गायिका अन्जान शाक्य इजरायलका लागि नेपाली राजदुतमा सिफारिस

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा …
बोलको चर्चित गीतकी गायिका अन्जान शाक्यलाई इजरायलका लागि राजदुतमा सिफारिस गरिएको छ । गत २५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे पत्रकार सम्मेलन मार्फत अन्जान शाक्यलाई सिफारिस गरिएको जानकारी दिइएको हो ।
प्रदेश ३ मा काठमाडौंका सांसद अजयक्रान्ति शाक्यकी पत्नी हुन् अन्जान । तर, त्यही कारण मात्र उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।
नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।


नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्य ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । लाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।
शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।
व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ करीब एक दशक प्राध्यापन गरेकी थिइन् । साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेको अनुभव छ ।
अन्जान शाक्यलाई सिफारिस गरेसँगै सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ ।
उनलाई ३ साताभित्र फर्कन समय दिइएको छ ।
थापा पञ्चायतकालका गृहमन्त्रीसमेत हुन्।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु