रमेशको शब्द संगीतमा गीता र रेशमको ‘दियो कलश’

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०८१, आईतवार

काठमाडौं । गायिका गीता भट्टराई र गायक रेशम निर्दोषको स्वरमा नयाँ गीत ‘दियो कलश’ सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित गायक रेशम निर्दोषसँगको सहकार्यमा गीताले नयाँ गीत लिएर आएकी हुन् ।गायिका गीता भट्टराईकै यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीत ‘दियो कलश’ मा पछिल्लो समयका चर्चित गीतकार रमेश परियारको शब्द तथा संगीत रहेको छ ।
‘दियो कलश’ गीतको म्यूजिक भिडियोमा सुरेश कोल्ही र अस्मिता रनपालको अभिनय तथा नृत्य रहेको छ । अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु