• लोकगीत सम्राट गायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

    म्यूजिक खबर
    प्रकाशित: १० श्रावण २०८१, बिहीबार

    काठमाडौं । लोकप्रिय गायक लक्ष्मीप्रसाद जोशी (एलपी जोशी)को ८४ वर्षको उमेरमा निधन भएको छ । सदाबहार गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार एलपी जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो ।
    बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।
    १९९३ सालमा धनकुटा–६ बिचबजारमा जन्मिएका जोशीले वि.सं. २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए । उनको ‘रिटिङ रिटिङ’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ लगायतका गीतहरु चर्चित छन् । गायक जोशीको अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काईमाईमा हुनेभएको छ ।

    शब्दचित्रमा लक्ष्मी प्रसाद जोशी (एल.पी.जोशी)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु