• लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन, ‘बले’लाई पितृ शोक

    म्यूजिक खबर
    प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन भएको छ । लम्सालको सोमबार राति निधन भएको हो ।

    लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।

    लोकदोहोरीका सर्जक समेत रहेका लम्सालका ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’ लगायत गीत लोकप्रिय छन् ।
    १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय लम्सालले दर्जनौं गीत लोकप्रिय छन् ।

    लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । उनका सागरसहित ३ छोरा र १ छोरी छन् । भिडियो छायांकनका लागि पोखरा पुगेका उनका सागर पनि काठमाडौं फकिएका छन् । सागर आमासँग नेपाल बस्छन् ।

    गायक लम्सालको निधनप्रति कलाकारले दुःख व्यक्त गरिरेहका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु