हतार भयो गायिका सन्जुलाई तीजको ‘दर खान’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७६, शुक्रबार २०:१२
Teej Song Sanju Neupane

काठमाडौं । लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गीत ‘दर खान’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै ‘दर खान’ नामक गीतको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् ।

संगीतकार एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको यस गीतलाई बिश्वास नेपालले एरेन्ज गरेका छन् । छायाँकार कारण चैसिरले छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने मनोज कार्कीको सम्पादन रहेको छ । म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाइ फिचरिङ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु