सुनिल र सिर्जनाको ‘घण्टा जस्तो लभ’मा लभ र ब्रेकअपको कहानी

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०८०, आईतवार

कृष्ण हमाल, बागलुङ । सुनिल सिंह ठकुरी ‘क्रेजी हट’ र सिर्जना खत्री ‘हाउडेमाया’ ले नयाँ गीत सार्बजनिक गरेका छन् । र्याप बेसमा बनेको
गीतमा सुनिल सिंह ठकुरी ‘क्रेजी हट’ र सिर्जना खत्री ‘हाउडेमाया’ को नै स्वर सुन्न सकिन्छ ।

त्यस्तै शब्द तथा संगीत समेत सिर्जना खत्री हाउडेमायाको रहेको छ । प्रीज्ममा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग श्यामशेत रसाइलीले गरेका हुन् । गीतका रेकर्डिस्ट किरण सुनुवार हुन् ।

गीतको भिडियोमा समेत सुनिल सिंह ठकुरी ‘क्रेजी हेट’ , सिर्जना खत्र्री ‘हाउडेमाया’ ले अभिनय गरेका छन् । यस्तै नेपाली ब्रो, रितु बस्नेत, दिबय बयलकोटी , सबिना लब माया , सिया , प्रतिक खत्री र रोशन बाबुलाई पनि भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा देखाइएको पहिरनको डिजाइनर सुनिता श्रेष्ठ हुन् हुन् भने आर्टिस्टका लागि मेकअप नेहाले गरेकी हुन् ।
नितिन चन्द ठकुरीले निर्देशनमा भिडियो तयार भएको हो । यस्तै अशोक ढकालले सहायक निर्देशन तथा सुरज तामाङले कोरियोग्राफी गरेका हुन् ।
यो, तरवारले काटीन्छ केक यस्तै गीत घण्टा जस्तो लव” मा सार्वजनिक गरेका छन । उक्त गीतलाई Sunil Singh Thakuri युटुब च्यानलदेखि सार्वजनिक गरिएको छ ।

‘घण्टा जस्तो’ गीत सार्वजनिक भएपछि म्युजिक खबरका संवादाता कृष्ण हमाल संग कुरा गर्दै गायिका , मोडल , संगीतकार तथा रचनाकार सिर्जना खत्री हाउडेमायाले देश बिदेशमा सम्पूर्ण भगवानरुपी दर्शक तथा श्रोताहरुलाई गीत सुनेर सुझाव , सल्लाह र प्रतिक्रिया दिनुहुन हात जोडेर अनुरोध गरेकि छन । गीत कस्तो बनेको छ भनेर सोधिएको प्रश्नमा लभ र ब्रेकअपको कहानीलाई आधार मानेर ‘घण्टा जस्तो लभ’ सार्बजनिक गरिएको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु