सिर्जु विवाहित हुन् भन्ने बलेले जब थाहा पाए लाग्यो झट्का

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७९, शुक्रबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायिका हुन् सिर्जु अधिकारी । ‘चकलेटी’ लुक्सकी सिर्जु विवाहित हुन् । उनले विवाह गरेको झण्डै एक वर्ष नै पुग्न लाग्यो । उनको विवाहमा संगीत क्षेत्रबाट कमैले मात्र सहभागी हुने मौका पाएता पनि विवाहको खबर भने निकै चर्चामा रहेको थियो । संगीतकर्मीहरु लगभग सबैले उनको विवाहको खबर थाहा पाएसँगै बधाई र शुभकामना पनि दिए ।

तर, लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ ले भने सिर्जु अविवाहित हुन् भनेर झुक्किएका छन् । सिर्जुको जोबन देखेर उनी फिदा भएका छन् । तर उनी सँगै उनका श्रीमान देख्दा उनलाई झट्का लागेको छ । प्रसंग वास्तविक जीवनको नभई म्यूजिक भिडियोको हो । ‘अइया मार्यो’ बोलको म्यूजिक भिडियोमा यस्तो कहानी देखाइएको छ ।

गीतमा लोकप्रिय गायक तथा मोडल रामजी खाँणसँगै सिर्जुले स्वर दिएका छन् भने लोकप्रिय सर्जक शिव हमालको शब्द र संगीत रहेको छ । यस गीतको संगीत संयोजन भने योगेश काजीले गरेका हुन् । पछिल्लो समय संगीतमा फरकपन प्रवेश गराउँदै आएका छन् संगीत संयोजक योगेश काजी ।

सफल यात्रामा जाने आशा गरिएको ‘अइया मार्यो’ बोलको यस गीतको भिडियोमा गायिका सिर्जु अधिकारी र सागर लम्साल ‘बले’को अभिनय रहेको छ भने मौसम हिमालीको निर्देशन रहेकोे छ । नवराज उप्रेतीको छायाँकनमा नविन घर्ती मगरकोको सम्पादन रहेको भिडियोलाई सिर्जु अधिकारी यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु