सिर्जुलाई झुम्के बुलाकी लाउन रहर ! को हुन् किनिदिने यी युवक ?

म्यूजिक खबर
प्रकाशित: १० असार २०७५, आईतवार

असार १०, काठमाडौं । श्रृंगार साधनमा कुनै समय लोकप्रिय बनेको गहना झुम्के बुलाकी यतिबेला लोप हुँदै गएको छ । तर नेपाली सांगीतिक धरातलमा गायन र मोडलिङमा स्थापित बनेकी भर्सटायल कलाकार सिर्जु अधिकारीलाई भने झुम्के बुलाकी लाउने रहर जागेको बताएकी छिन् । उनले बुलाकी किनीदिन अनुरोध गरेपछि अन्ततः विसम गौतमले बुलाकी किनि दिएका छन् ।

प्रसंग वास्तविकताको नभई नेपाली सांगीतिक दुनियाँमा पछिल्लो समयमा सार्वजनिक भएको गीत ‘झुम्के बुलाकी’को हो । सिर्जु अधिकारी र अमृत खातीको आवाज रहेको गीतमा सिर्जु र विसम गौतमको अभिनय रहेको छ ।

विषम गौतमकै शब्द रहेको गीतमा सिर्जुले नै संगीत भरेकी हुन् ।प्रकाश धितालले निर्देशन गरेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ ।

गीत सुन्दा नै नाचौं नाचौं लाग्ने किसिमको छ । हेरौं गीतको भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु