तीजको महिमा समेटिएको गीत ‘तीजको दर’

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७६, बुधबार

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायिका सिर्जु अधिकारी र गायक बद्री पंगेनीको स्वरमा ‘तीजको दर’ सार्बजनिक गरेका छन् ।

गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई समेटिएको छ । गीतमा तीजको महिमालाई समेटिएको छ ।

रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना बाट सुसजित गीत ‘तीजको दर’ को म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा शंकर विसी ,अञ्जली अधिकारी सिर्जु अधिकारी र कल्याण रत्न कार्कि बद्री पंगेनी समेत को नृत्य तथा अभिनय रहेको छ , उक्त गीतमा स्वर भने गायिका सिर्जु अधिकारीले पकाउने र बद्री पंगेनीको रहेको छ ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु