• छोरीको वेदनाभित्र सीता केसीको तीज गीत ‘पिँजडा’

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०८१, बुधबार

    काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै बजारमा गीतहरु आउने क्रम तीब्र गतिमा छ । सांस्कृतिक पर्वलाई रमाइलो बनाएर मनाउने यो चाडमा छोरी चेलीको वर्षभरिका वेदनालाई गीतमार्फत् उतारेर व्यक्त गरिने परम्परा रहेको छ । सांस्कृतिक चाडलाई विशेष बनाउनका लागि गायिका सीता केसीको तीज गीत ‘पिँजडा’ सार्वजनिक भएको छ । पराइघर गएकी चेलीको दर्दानक पीडाहरुलाई समेटिएका कथालाई प्रस्तुत गरिएको तीज गीत हो ‘पिँजडा’ । हरि गिरी विमर्शीको शब्द तथा संगीतमा रहेको गीत ‘पिँजडा’मा गायिका सीता केसी र गायक हरि गिरी विमर्शीको स्वर रहेको छ । गीतको संगीत संयोजन मदन केसीको रहेको छ । मालश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डको भएको गीतको मिक्सिङ खडक बाजुरालीको रहेको छ भने सागर बाजुरालीले रेकर्ड गरेका हुन् ।
    ‘पिँजडा’को म्यूजिक भिडियोमा स्मारिका ढकाल र राजन केसीले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको ‘पिँजडा’को भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । मदन खड्काको निर्देशन रहेको यो भिडियोलाई हरि गिरी विमर्शीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
    गायिका सीता केसीको अघिल्लो वर्ष पनि हेर त साइली ऐनामा, टिकुली खै, सैं नाच्यो लगायतका दर्जन तीज गीतहरु सार्वजनिक भइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु