सदाबहार गायक सिताराम पोखरेलको तीन दशकको यात्रामा काँडा उम्रियो

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७८, शुक्रबार

काठमाडौं । नेपाली संगीतमा लामो तीन दशक भन्दा लामो यात्रा तय गरेका गायक हुन् सिताराम पोखरेल । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेल आजका मितीसम्म पनि उतिकै सक्रिय देखिन्छन् । उनैसँगैका कतिपय दौतरीहरुले विश्राम लिइसके । तर उनी भने उहि स्फूर्ति र उहि जोश र जाँगरसहित संगीतको मैदानमा कुदिनै रहेका छन् । यात्रामा उनले आफूलाई समय अनुसार परिर्वतन पनि गराएका छन् ।

अधिकतम अग्रज गायक गायिकाहरुको नयाँ गीतमा पनि पुरानै धार पाइन्छ । तर पोखरेलले भने हिजोका गीतमा उनले हिजोकैे जेनेरेसनले सुन्ने गीत सार्वजनिक गर्थे भने आजका गीतमा आजका जेनेरेशनले रुचाउने गीत सार्वजनिक गर्ने गरेका छन् ।

पछिल्लो समयमा उनले गाएको नयाँ गीत ‘काँडा उम्रियो’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माका मौलिक शब्द तथा संगीत समावेश गरिएको छ ।

गीतको भिडियोमा जिबेश सिंह गुरुङ र स्मारिका ढकालले अभिनय गरेका छन् । मिलन शंकरले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

डिएआर मुभीज युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई श्रोताहरुले निकै रुचाएका छन् । कमेन्टमा गीतको सबै पक्षलाई सकारात्मक कमेन्ट मिलेको छ ।
यसरी पोखरेलले श्रोताको स्वादको ख्याल गर्दै आफूलाई सदाबहार गायकको रुपमा चिनाउन सफल भएका छन् ।
पोखरेलले अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा ७ वटा एल्बम बाहिर आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु