रेडियो नेपालको बोर्ड सदस्यमा गायक सिताराम पोखरेल नियुक्त

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७८, बुधबार

काठमाडौं । बरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।

सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताए । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका हुन् ।
पोखरेलका २०५८ सालमा खोजीहेरि नै, २०६१ सालमा विनाकारण, २०६४ सालमा स्पार्क, २०६६ सालमा अक्टोबर ४, २०७१ सालमा सम्मान, २०७३ सालमा सम्मान–२, २०७६ सालमा अल्कोहलिक लभ लगायतका कबिर एक दर्जन एल्बम बाहिर आएका छन् । हालसम्म उहाँले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु