• पहाडको थुम्कोमा सीताराम र अनुको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७९, सोमबार

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकको यात्रा तय गरिसकेका गायक सीताराम पोखरेलको नयाँ गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । दसैंका अवसर पारेर सार्वजनिक गरिएको यो म्यूजिक भिडियो पोखरेलको २७ औं म्यूजिक भिडियो हो ।
    भिडियोमा गायक पोखरेलले अभिनेत्री अनु शाहसँग रोमान्स गरेका छन् । सीताराम र अनुको रोमान्टिक प्रेमकथा भिडियोले देखाउन खोजेको छ ।

    समन अधिकारीको निर्देशन रहेको भिडियो मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा छायांकन भएको हो । अनिल कटवालले भिडियोका छायांकन तथा सम्पादन गरेका हुन् ।

    रुपक बनवासीको शब्द र राज सागरको संगीत रहेको गीत आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको हो । आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउने पोखरेलले श्रोता दर्शकले यो गीत पनि मन पराउने विश्वास लिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु