• सारिका र सगुन मध्ये कसलाई हो त स्माइलको चोखो माया ?

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

    काठमाडौं । स्माइल धितालले एकसाथ दुई मोडल सारिका केसी र सगुन शाहीलाई ‘चोखो माया छ’ भनेका छन् । प्रसंग हो स्माइलले सार्वजनिक गरेको नयाँ म्यूजिक भिडियोको । ‘माया चोखो छ’ गीत बजारमा ल्याएका हुन् ।

    यस गीतमा नेत्र अर्यालले शब्द रचना गरेका छन् भने ऋषि खड्काले संगीत दिएका छन् । राजु परियार र शान्तीश्री परियारको स्वर रहेको गीतमा सारिका केसी, सगुन शाही र स्माइल धितालले अभिनय गरेका छन् ।

    बबिता श्रेष्ठको निर्देशनमा तयार भएको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् भने मीन रावलले सम्पादन गरेका हुन् ।

    गीतलाई ‘भिम धिताल अफिसियल’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु