‘घर आँगन’ निर्माण थाँती राखेर सुत्केरीको सेवामा दीपक !

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

काठमाडौंः समाजसेवी दीपक सिलवालले ‘घर आँगन’ नेपालमार्फत बालबालिकालाई सहयोग गर्दै आएका छन्। उनले सुत्केरी महिलाको सहयोगमा जुटेका छन्। उनले पछिल्लो समय सुत्केरीको व्यथाले छटपटाइ रहेकी सिन्धुपाल्चोककी सन्तमाया तमाङ्गलाई हेलिकप्टर चार्टड गरेर उपचार गराए।

उनलाई यस कार्यमा साथ दिए डाक्टर भोला रिजालले। त्यसपछि सीता जोगीलाई पनि त्यसरी नै सहयोग गरे। अब उनले अभियान बनाएर नै सहयोग गर्ने सोचेका छन्। उनलाई यस अभियानमा डाक्टर भोलादेखि, पुर्व सेनापति रुकमाङ्गद कटवाल, अभिनेत्री/निर्देशक दीपाश्री निरौला , सञ्चारकर्मी नरेश भट्टाराईले सघाइरहेका छन्।

सिम्रिक एयरले पनि उनीसँग साझेदारी गर्ने भएको छ। लुक्ला, पोखरा र काठमाडौंमा रहेका हेलिकप्टरले सहुलियतमा यसकार्यको लागि सहयोग गर्ने भएको हो। काठमाडौंमा आयोजित एक कार्यक्रममा पाथिभरा सहकारी संस्था लिमिटेडको तर्फबाट लायुर लामाले नगद रु एक लाख, पाँच हजार, पाँच सय पचपन्न सहयोग गरे।

दीपकले दुर्गमका सुत्केरी हुन नसकेर उपचार नपाएका महिलालाई सघाउने बताएका छन्। यसअघि उनले घर आँगनका लागि भवन निर्माण गर्ने भन्दै कार्यक्रम आयोजनागरी जग खनेका थिए। तर भवन निर्माण भएको छैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु