यसरी झल्कियो सोनाको सौन्दर्यता

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७६, बुधबार

गायिका सोना अमात्य, काठमाडौंको डल्लुमा जन्मिएकी हुन् । छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी गायिका अमात्यले धेरै गुरुहरूसँग संगीत सिके पनि अहिले भने शशिविक्रम केसीसँग शास्त्रीय संगीत सिकिरहेकी छन् । बाल्यकालमा पनि फुर्सद हुनेबित्तिकै उनी गीत गाउन थाल्थिन् । पारिवारिक सपोर्ट भएको कारण उनी गायन क्षेत्रमा नै आफूलाई समर्पित गर्न थालिन् ।


सन् २०१४ मा ‘पल पल’ गीत गाएर उनले सांगीतिक यात्रा सुरु गरेकी थिइन् । यसमा उनले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग युगल गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन् । उनले गाएका गीतहरु ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायतका छन् । आफ्ना गीतमा प्रायः उनी आफैँ मोडलिङ गर्छिन् । उनको मोडलिङलाई दर्शकले रुचाइदिएपछि आफ्नो गीतमा आफैं मोडलिङ गर्न थालेको उनी बताउँछिन् ।

सोनाले पप, आधुनिक र शास्त्रीय भनेर आफ्ना गीतलाई छुट्याएकी छैनन् । ‘म जस्तो पनि गीत गाउन रुचाउँछु,’ उनी भन्छिन् । गायन क्षेत्रमा लाग्दै गर्दा तारादेवी, नारायणगोपाल, अरुणा लामा र बलिउड गायिका लता मंगेशकरबाट प्रभावित भएको उनी बताउँछिन् । अझै पनि उनलाई नारायणगोपाल र तारादेवीका गीत नसुनी त चित्तै बुझ्दैन । ‘उहाँहरूको गीत सुनेरै मेरो दिन सुरु हुन्छ। उहाँहरूकै गीतले नै मलाई संगीतमा लाग्ने प्रेरणा दिएको हो उनी भन्छिन् ।’

‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर गरेकी सोना उद्यमीसमेत हुन् । उनको आफ्नै विज्ञापन एजेन्सी छ । उनी मेहनतमा विश्वास गर्छिन् । ‘अफिस र संगीतको तालमेल मिलाउन कहिलेकाहीँ हम्मे–हम्मे पर्छ तैपनि उनी दुबैलाई समावेशी बनाउन चाहन्छिन् । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छा भएमा समय त जसरी पनि मिलाउन सकिँदो रहेछ ।’ उनलाई गायनमा राम्रो भविष्य छ भन्ने लाग्छ उनलाई । सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकी पनि धनी छिन् । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका सोनाले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन ।
सोनाले गायन क्षेत्रमा केही अवार्डसमेत हात पारेकी छिन् । ‘तिम्रो र मेरो सम्बन्ध’ बोलको गीतका लागि उनले सन् २०१७ मा इमेज अवार्ड जितेकी थिइन् भने ‘म त खुला छु’ बाट औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्डमा उत्कृष्ट पप गायिकाको अवार्ड चुमिसकेकी छन् ।

उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ । साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । फुर्सदको समयमा आफ्नै कार्यालयमा समेत संगीत सिक्दै रमाउने उनी गीत संगीत, संस्कृति भनेको हाम्रो सम्पत्ति भएको बताउँछिन् । उनी चाडै नै नयाँँ गीत बजारमा लिएर आउन लागेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु