• सोना अमात्यले लिएर आइन् डाली चरी लिएर आइन्

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०७६, बिहीबार

    काठमाडौं । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

    लामो समयदेखि शास्त्रीय संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका अमात्यले यसपटक ‘डाली चरी भुईंमा खसेछ….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी हुन् । उक्त गीतमा गायिका अमात्यकै संगीत गुरु शशिविक्रम थापाका शब्द तथा संगीत सुन्न सकिन्छ ।


    सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा गायिका अमात्य स्वयंले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई अभिनेता निरज बरालले साथ दिएका छन् । नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

     

    गायिका अमात्यले यसअघि पनि आधा दजृनभन्दा बढि गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

     

    https://www.youtube.com/watch?v=NiNPNAJFwLg

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु