• सोना र सुगमको स्वरमा ‘मेरो माया करोडमा’

    म्यूजिक खवर
    प्रकाशित: १७ चैत्र २०७७, मंगलवार
    Sona Amatya

    काठमाडौं । गायिका सोना अमात्य र गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘मेरो माया करोडमा’ गीत सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी गायिका सोना अमात्य र गायक सुगम पोखरेलको स्वरमा रहेको गीत मेरो माया करोडमा युट्युब मार्फत सार्वजनिक भएको हो । सोही गीतमा दीपक शर्माको शब्द तथा संगीत छ।

    रोमान्टिक शैलीको यो भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन्। प्रेमिल भावमा रहेको भिडियामा गायिका सोना अमात्यसँगै सागर लम्साल क्षेत्री ‘बले’ र गोविन्द सिंह विष्टले अभिनय गरेका छन्। बुद्ध थापाको छायांकन, सुभम भुजेलले नृत्य निर्देशन रहेको यस गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन्।

    गायिका सोना अमात्यले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गरेकी हुन्। ‘म त खुल्ला छु, डाली चरी, किन आत्तिनु केलाई मात्तिनु, तिम्रो र मेरो सम्बन्ध लगायत गीत बजारमा ल्याइसकेकी छन् । उनी आफ्ना गीतहरुमा आफैं मोडलिङ पनि गर्छिन्। ‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर गरेकी गायिका सोना अमात्य फूल सर्कल विज्ञापन एजेन्सी चलाउँछिन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु