गम्भीर एलर्जीका कारण चर्चित गायक सोनु निगम आइसियुमा भर्ना !

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७५, शुक्रबार

मुम्बइ। बलिउडका चर्चिच गायक सोनु निगम आइसियुमा भर्ना गर्नुपरेको छ । सी फूड खाएपछि गम्भीर एलर्जी हुँदा उनलाई मुम्बइको नानावटी अस्पतालमा आइसीयुमा भर्ना गरिएको हो । अस्पतालमा दुई दिन रहेपछि अहिले भने उनी डिस्चार्ज भएका छन् । सोनुले बान्द्रा कुर्ला कम्प्लेक्समा खाना खाएका थिए । यही खानाका कारण उनलाई एलर्जी भएको बताइएको छ ।

एलर्जीका कारण उनको अनुहार सुन्निएको थियो । एउटा आँखा सुनिएर बन्द नै भएको थियो । उनले आफ्नो फोटो ट्वीटरमा शेयर गर्दै यो कुराको जानकारी दिएका हुन् । उनले आफूलाई सी फूडका कारण एलर्जी भएको भन्दै यसबाट बचेर रहन आग्रह पनि गरेका छन् ।

उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् । इन्स्टाग्राममा समेत आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘म लगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’ अहिले उनको स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु