• एसपी कोइराला, अमर बान्तु र प्रताप दासको कस्तो होला ‘सम्बन्ध’

    म्यूजिक खबर
    प्रकाशित: १ जेष्ठ २०८२, बुधबार

    काठमाडौं । पुर्वमन्त्री समेत रहेका गीतकार एसपी कोइराला साहित्यिक क्षेत्रमा सुप्रसिद्ध नाम हो । संगीतकार अमर बान्तु गीति लेखनका लागि उतिकै सक्रिय र प्रिय छन् । गीति लेखनमा कलम अगाडि बढाइरहेका उनी पछिल्लो समयमा संगीत सिर्जनामा पनि लागिरहेका छन् । त्यस्तै सांगीतिक क्षेत्रमा प्रताप दासको नाम नसुन्ने सायदै होलान् । यतिबेला यिनै लोकप्रिय र प्रसिद्ध हस्तीहरुको सहकार्यमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    ‘सम्बन्ध’ बोलको उक्त म्यूजिक भिडियोमा प्रताप दासको स्वर रहेको छ । एसपी कोइरालाको शब्द तथा अमर बान्तुको संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरिङ नरेन्द्र बियोगी गरेका हुन् भने एरेञ्जर बाबुल गिरीले गरेका हुन् ।

    भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गीतको भिडियोमा सागर खनाल र गुराँस ढकाल फिचर्ड छन् । भिडियोमा जोर्डन र स्मारिकाको असमानताका बिच भएको गहिरो प्रेमभावलाई चित्रण गरिएको छ । भिडियोमा बुद्ध थापाको छायांकन तथा बिबेक सुनुवारको सम्पादन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु