• मन्त्री कोईरालाको ‘उत्साह’

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०७०, सोमबार

    काठमाडौ, २२ पुस । गीतकारका रुपमा चर्चा कमाएका अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आफ्नो पछिल्लो एल्बम उत्साह बजारमा ल्याएका छन् । गत शुक्रबार राष्ट्रपति डा.रामवरण यादवद्वारा गीतकार एसपी कोइरालाद्वारा रचित एवम् सङ्गीतकार आलोकश्रीद्वारा सङ्गीतबद्ध गीतिसङ्ग्रह ‘उत्साह’को राष्ट्रपति कार्यालय शीतल निवासमा लोकार्पण गरिएको हो । दश गीत रहेको सो सङ्ग्रहमा लोकप्रिय गायकगायिकाको स्वर रहेका छन् । सो अवसरमा राष्ट्रपति डा यादवले साहित्य, सङ्गीत र कलाको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै गीतकार कोइरालाले सत्ता र सिर्जना भनेका अलग अलग पाटो भए पनि समन्वय गर्न सके दुवैलाई सँगै लैजान सकिने धारणा राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गीतसङ्गीतको जर्गेना गर्नु मुलुकको कर्तव्य भएको बताएका थिए । सङ्गीतकार आलोकश्रीले गीतसङ्गीतका क्षेत्रमा चोरी बढेका कारण सो क्षेत्र सोचे जति फस्टाउन नसकेको गुनासो गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु