सृष्टि थापाको सेन्टिमेन्टल भावमा रहेको नयाँ गीत ‘टाढा भएनी’

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०८२, बिहीबार १५:११

काठमाडौं । नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापाको ‘टाढा भएनी’ गीत सार्वजनिक भएको छ । सेन्टिमेन्टल भावमा रहेको यस गीतको शब्द रचना सागर सुनार र गायिका सृष्टि थापाको रहेको छ भने सागर सुनारको संगीत रहेको छ । गीतको संगीत संयोजन आरेम सुनारको रहेको छ ।

‘टाढा भएनी’ गीतको म्यूजिक भिडियोलाई टेक अछामीले निर्देशन गरेका हुन् । उमेश शाहको छायाँकन रहेको यस भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन्। भिडियोमा गायिका सृष्टि थापा, आशिष ओली र माया स्याङ्बोले अभिनय गरेका छन् ।
गायिका सृष्टि थापा शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्। लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्। गीतलाई सृष्टि थापाको अफिसियल यूट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु