• स्वरुप र मिलन उत्कृष्ट ठहरिए । हाँस्न सिकायौले दुई अवार्ड चुम्यो

    म्यूजिक खबर
    प्रकाशित: १ फाल्गुन २०७०, बिहीबार

    काठमाडौं, १ फागुन । हिजो  बुधबारको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ब्लु डायमन्ड स्टार एफएम म्यूजिक अवार्डमा पाश्र्व गायक स्वरुपराज आचार्य र पाश्र्व गायिका मिलन अमात्य उत्कृष्ट ठहरिँदै ब्लु डायमन्ड स्टार एफएम म्यूजिक अवार्ड सम्पन्न भएको छ । स्वरुपराज आचार्यले रिदम चलचित्रको पागल म बन्नबाट उत्कृष्ट बनेका हुन् भने गायिका मिलन अमात्य नोटबुकको गाला रातै गीतबाट उत्कृष्ट बनेकी हुन् । त्यस्तै रिदम चलचित्रबाटै चलचित्र संगीतकारतर्फ वसन्त सापकोटा उत्कृष्ट बने भने चलचित्र गीतकारतर्फ डा.कृष्णहरि बराल उत्कृष्ट ठहरिए ।
    वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई स्टार एफएम लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो भने रेडियो संचारमा उल्लेख्य योगदान पु¥याएवापत कृष्णा ताम्राकारलाई स्टार एफएम रेडियोकर्मी सम्मानबाट सम्मान गरियो ।

    prem
    लोकदोहोरीतर्फ हाँस्न सिकायौ गीतबाट गायक कुलेन्द्र विक  र गायिका देवी घर्ती उत्कृष्ट लोकदोहोरी गायक र गायिका बन्न सफल भइन् । त्यस्तै उत्कृष्ट भाकामा रामजी खाँड निधारैमा लेखेसीबाट उत्कृष्ट बने । त्यसैगरी उत्कृष्ट लोकदोहोरी गीतकारबाट एकनारायण भण्डारी उत्कृष्ट बन्न सफल भए भने उत्कृष्ट लोकगीत भोजराज काफ्लेको बोतलको पानीले उत्कृष्ट बन्न सफल भयो । नवप्रतिभा लोकदोहोरीतर्फ भने मौसम गुरुङ सफल बने ।
    त्यस्तै उत्कृष्ट पप गायिकातर्फ आस्था बी भइन् भने नवीन के भट्टराई उत्कृष्ट पप गायक बन्न सफल भए । त्यस्तै पप संगीतकारतर्फ राजु सिंह उत्कृष्ट ठहरिए भने ब्यान्ड इथोस ब्याण्ड उत्कृष्ट बन्यो । उत्कृष्ट नवप्रतिभा सुगमसंगीतर्फ उर्मिला कुटु सफल बनिन् भने उत्कृष्ट युगल गायनतर्फ रेखा शाह र कमल खत्रीले अवार्ड चुमे । त्यस्तै उत्कृष्ट ध्वनि मिश्रणतर्फ महेश्वरमान राजभण्डारीले कथा जिन्दगीकोबाट अवार्ड प्राप्त गरे भने संगीत संयोजक किरण कँडेलले पानीको फोकाबाट संगीत संयोजक सुगम संगीतको अवार्ड चुमे ।
    त्यस्तै सुगम संगीत गीतकार वसन्त चौधरी (ितमी बाहेक), उत्कृष्ट गायक रामकृष्ण ढकाल (बाँचुन्जेलीलाई), उत्कृष्ट गायिका रजिना रिमाल (पानीको फोका)ले अवार्ड चुमे भने उत्कृष्ट एल्बमको अवार्ड भने सत्यता एल्बमबाट गोविन्द प्रसाद उपाध्यायले प्राप्त गर्न सफल भए भने राष्ट्रिय भावनाको गीतबाट उन्नती बोहरा शिलाले अवार्ड चुम्न सफल भइन् । अवार्डमा गीतसंगीत र चलचित्र क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थति रहेको थियो ।
    कार्यक्रममा गजित विष्ट र गम्भीर विष्टको नृत्य, शंकर विसी समूहको नृत्य, तक्मे बुढाको कमेडी, आनन्द कार्की, सुगम पोखरेल, प्रल्हाद तिमिल्सिना र मिलन अमात्य, राधिका हमाललगायतले गीत गाएका थिए भने सक्षम ब्याण्डले आफ्नो उत्कृष्ट प्रस्तुति दिएको थियो ।

    star

    Bule diomond star fm music award

    milan

    Bule diomond star fm music award

    star1

    Bule diomond star fm music award

    shanker

    Bule diomond star fm music award

    komal

    Bule diomond star fm music award

    takmeBule diomond star fm music award

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु