रचना र अनिसको स्वरमा ‘जाउँ न कान्छी जाउँ’ सार्वजनिक, टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७८, आईतवार

काठमाडौं । अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । निर्माण टिमले भिडियोको मेकिङमा विशेष ध्यान दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु