• तिजकी कान्छी गायिका सुदृष्टिको ‘तृतीय तिथिमा तिज’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ४ श्रावण २०७५, शुक्रबार

    ४ साउन, काठमाडौं । तिज हिन्दू महिलाहरुको लागि विशेष चाडका रुपमा हेरिन्छ । तर पछिल्लो समय गीतसंगीतले तिजलाई नयाँ चरणमा प्रवेश गराएजस्तै देखिन्छ । तिजको मौलिकता भन्दा पनि कमेडी वा ग्ल्यामर प्रस्तुत गरेर यूट्यूवतिर आकर्षित भएका तिजका स्रष्टाहरु भन्दा फरक रहेर सुदृष्टि राईले मौलिकता बोकेको तिज गीत लिएर आएकी छन् । हिजो विहीबार एक कार्यक्रमको आयोजना गरी गीतलाई सार्वजनिक गरिएको हो ।


    तिजको गीत गाउने सबैभन्दा कान्छि गायिकाको रुपमा सबैले चर्चा गरिरहेको बेलामा उनले ल्याएको तिज गीतले तृतीय तिथिमा तिज बरिलै भन्दै तिजको अवसरमा रमाइलो गरौं नाचौं भन्ने सन्देशसहित बजारमा आएको छ । भर्खरै ११ पढ्न लागेकी गायिका राई झापा दमकी हुन् तर उनले पश्चिमी शैलीको तिज गीत गाएकी छन् । यो गीतको शब्द सुमन श्रापितले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् ।
    सुदृष्टि राई सानै उमेरदेखि पूर्वमा हुने विभिन्न स्टेज कार्यक्रममा समेत गाउँदै आएकी छन् । हिन्दी, नेपाली गीतमा उनले आफ्नो जादूमय आवाज भर्दै आएकी छिन् । गीतसंगीतमा नै निरन्तर रमाउँदै सबैले चिन्ने नाम बनाउन उनी गायनलाई रोजेकी हुन् । चर्चित गायिका बन्नु छ, उनले भनिन्– म गीतसंगीतका लागि मरेर मेहनत गर्छु । उनले कार्यक्रममा आफ्नो तिज गीत गाएरसमेत सुनाएकी थिइन् ।

     

    तृतीय तिथिमा तिज बरिलै बोलको गीतको म्यूजिक भिडियोलाई अशोक मल्लले निर्देशन गरेका छन् भने मनी के. राईले कोरियोग्राफ गरेका छन् । रोशन श्रेष्ठको छायाँकनमा तयार भएको यो म्यूजिक भिडियोलाई अशोक मल्ल आफैंले सम्पादन गरेका हुन् । भिडियोमा सुदृष्टि राई, मेरी र सपनाले अभिनय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु