• सुगमको ‘नवमी’ एल्बमको गीत ‘निलो गहिरो’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ११ चैत्र २०८१, मंगलवार

    काठमाडौं । गायक सुगम पोखरेलको नवौं एल्बम ‘नवमी’मा रहेको ‘निलो गहिरो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। सुगम स्वयं र नरेश देव पन्तको शब्द रहेको उक्त गीतमा सङ्गीत सुगम आफैको रहेको छ। गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन्।

    इलामका रमणीय ठाउँहरु समेत समेटेर बनाइएको भिडियोलाइ दिनेश थापा काजीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले भिडियोको सम्पादन गरेका हुन्। भिडियोमा सुगम लगायत यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्सांग राईलाई फिचर गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु