• सुगम र अञ्जुको गीतमा आकाश र पूजाको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

    काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल र लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको ‘स्वर्गकी अप्सरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
    दीपक कंडेलद्वारा लिखित गीतमा दीपक वसन्त कार्कीले संगीत भरेका छन् । प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शव्दले भरिएका गीत दीपीका म्युजिकद्वारा प्रस्तुत गरिएको हो।
    मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ। सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्।

    भिडियोमा नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो।

    कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन्।
    ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा निकै जमेको छ।

    पछिल्लो समयमा कुशल म्युजिक भिडियो निर्देशकका रुपमा समेत छाउँदै आएका कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन्।
    फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु