मनिषको शब्द, कल्याणको संगीत र सुगमको स्वरमा ‘तिम्रो लागि’

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७७, मंगलवार

काठमाडौंँ । लोकप्रिय गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतमा मनिष वशिष्ठको शब्द रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतमा रीदम कँडेलको संगीत संयोजक रहेको छ ।

गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा गम्भिर विष्टको गम्भिर विष्ट र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भिडियो गम्भिर विष्टले नै निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु