बेलायतकी महारानीबाट सम्मानित भएका समाजसेवीको हौसला बढाउन नेपालमा पुुन्य काम

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

काठमाडौं । समाजसेवामा उदाहरणीय जोडी हुन् –सुजन कटवाल र बन्दना कटवाल । परदेशी भुमी बेलायतमा रहेर पनि समाजसेवामा सक्रिय रहेको यो जोडी वास्तवमै मनकारी छन् । श्रम र संघर्ष गरेरै कटवाल जोडीले आफ्नो निजी खर्चमा समाजसेवा निरन्तर गर्दै आएका छन् ।

केहि महिना अघि कोभिड –१९ कोरोना भाइरसले फैलाएको आतंकको बीचमा बेलायतमै रहेका १,००००० भोकाहरुलाई तातो खाना ख्वाएर समाजसेवामा खटिए । उनीहरुले बेलायतमा कार्यरत स्वास्थ्यकर्मी, सामुदायिका कार्यमा संलग्न व्यक्तित्वहरु र घरबिहिन परियोजनामा कार्यरत व्यक्तित्वहरु केयर होम का व्यक्तिहरुलाई उनीहरुले निशुल्क खाना खुवाएका हुन् । समाजसेवामा ठुलो योगदान पू¥याएको भन्दै बेलायतकी महारानी एलिजाबेथले सम्मान समेत गरेकी थिइन् । उनीहरुको समाजसेवा निरन्तर चलिरहेको छ ।


यता नेपालमा यो दम्पत्तीको हौसला बढाउन हालै मात्र १ हजार भोकाहरुलाई खाना खुवाउने कार्यक्रमको आयोजना भयो । सुजनको सम्मान गर्दै कार्यक्रममा सुमित खड्काको स्वर रहेको गीत ‘धन मात्र होइन मन पनि चाहिन्छ’ बिमोचन गरिएको थियो । उक्त गीतलाई रमेश दाहालले लेखेका हुन् भने संगीत निरज श्रेष्ठको रहेको छ । एसियाको पहिलो टेम्पो चालक लक्ष्मी शर्मा प्रमुख अतिथि भएको सो कार्यक्रमलाई बन्दी सहायता नेपाल र लायन्स क्लबले आयोजना गरेको हो । बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरको सभापतीत्वमा भएको हो ।

सुजन दम्पती बेलायतको राजधानी लण्डनको दक्षिणी शहरमा पानस गोरखा नामको रेष्टुरेन्ट चलाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु