• सुमन र लवकुमारको सहकार्य ‘मनको ताराले’

    म्यूजिक खवर
    प्रकाशित: ४ माघ २०७७, आईतवार

    काठमाडौं । गीतकार सुमन बैरागी र गायक तथा संगीतकार लवकुमार भट्टको सहकार्यमा नयाँ लोक पप गीत ‘मनको ताराले’ सार्वजनिक भएको छ । डिपलभ क्रियशनबाट सार्वजनिक भएको यो गीतको शब्द सुमन बैरागीले लेखेका हुन् भने संगीत तथा स्वर लवकुमार भट्टको रहेको छ । महेशविक्रम पाण्डेको संगीत संयोजन रहेको यस गीतको स्टुडियो भिडियो सहित सार्वजनिक गरिएको हो । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको अडियो मिक्सिङ महेशविक्रम पाण्डेले नै गरेका हुन् ।

    यस गीतको भिडियोमा किबोर्डमा हिरा खनाल, मादलमा मोहन गोर्खाली, तबलामा राजु परियार र गिटारमा महेशविक्रम पाण्डेलाई देख्न सकिन्छ । यस भिडियोको निर्देशन गायक लवकुमार भट्टले नै गरेका छन् ।
    विगत डेढ दशकभन्दा लामो समय गायन क्षेत्रमा क्रियाशील रहेका लवकुमार भट्ट पछिल्लो समय भने एकपछि अर्को गीत बजारमा ल्याउनमा व्यस्त रहेका छन् । उनका दुई दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु