• सुमनको ‘लभ यु लभ यु’ सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: ८ आश्विन २०७६, बुधबार

    काठमाडौं । सुमन गुरुङको स्वरमा रहेको गीत ‘लभ यु लभ यु’ बोलको नयाँ डान्सिङबीटको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा दीपक रमणको शब्द तथा सङ्गीत रहेको छ । ‘लभ यु लभ यु’ बोलको गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा कविता नेपाली र सुमन गुरुङको अभिनय रहेको छ । उक्त गीतमा अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियोलाई निर्देशन क्रान्ति केसीले नै सम्पादन गरेका छन् ।

    गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनाउँने हाम्रो प्रयास रहेको छ, यो गीतले स्रोतारदर्शकको मन जित्नेमा हामी आशावादी रहेका छौं, दीपक भने । ‘लभ यु लभ यु’ बोलको गीतलाई ओएसआर डिजिलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु

    Pin It on Pinterest