सुमन कुमारको सातौं गीतिएल्बम “विहानी ४” सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७६, बुधबार

सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम “विहानी ४” को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ । विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी वैंक्युटको हलमा एक भव्य लोकार्पण कार्यक्रमका बीच शनिवार विमोचन गरिएको हो ।
नेपाली संगीत क्षेत्रका करिब ३०० जना हस्तिहरुको विच साँझ ६ वजे सुरु गरिएको कार्यक्रममा गायक श्रेष्ठकी आमा सावित्रिदेवी श्रेष्ठ, बरिष्ठ संगीतकार दिपक जंगम, बरिष्ठ गीतकार दिनेश अधिकारी र गायक श्रेष्ठले एकैसाथ संयुक्त रुपमा एल्बम “विहानी ४” को विमोचन गरेका थिए । ब्याकअप ब्याण्डको बाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले “टोपी लाए पनि हुन्छ”, “यो मन”, “खाएको कसमको लाज राख्नु ह”ै, “मुटु चोरी लाने माया”, लगाएतका ६ गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा रहेका रामकृष्ण ढकाल देखी रामचन्द्र काफ्ले, कुन्ति मोक्तान देखी संगीतकार महेश खड्कासम्मले श्रेष्ठको स्वरको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बरिष्ठ गीतकार राजेन्द्र थापाले श्रेष्ठको वायोग्राफि भिडियो सार्वजनिक गरेका थिए ।

 

बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द एंव बरिष्ठ संगीतकार दिपक जंगमको संगीत रहेको “जिस्काउथे म, उ दंग पर्थि” बोलको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ ।

दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारी आदिको अभिनय रहेको छ ।

विन्धवाशिनी म्युजिकको वजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युटुवमा समेत सोही समयमा सार्वजनिक गरिएको थियो । नेपालकै सबैभन्दा ठुलो मल्टिब्राण्ड स्वरुम भनिएको विन्दु हार्डवेएर एण्ड सेनेटरीका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ उक्त गीत लोकार्पण कार्यक्रममा भएको सहभागिता र उक्त गीतमा आएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताउछन्। श्रेष्ठको यो सातौँ गीती एल्बम हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु