‘गालैको कोठीमा’ सुमन, भीम र रुचिको सहकार्य

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७७, बिहीबार
Suman pandit

काठमाडौं । गीतकार सुमन बैरागी, संगीतकार भीम बिसी र गायिका रुचि घिमिरेको सहकार्यमा नयाँ डान्सिङ गीत ‘गालैको कोठीमा’ आजबाट सार्वजनिक भएको छ । ‘गालैको कोठीमा किन आँखा लाको’ गीतलाई गायिका रुचि घिमिरेले स्वर भरेकी छन् । सुमधुर स्वरकी धनी गायिका घिमिरेको स्वरलाई जादूमयी बनाइदिएको छ सुमन बैरागीको शब्द सिर्जना र भीम बिसीको संगीत सिर्जनाले । यस गीतको संगीत संयोजन भने पुष्कर सुनुवारको रहेको छ ।
यस गीतको म्यूजिक भिडियोलाई जी.बी.आग्रीले निर्देशन गरेका छन् । भिडियोमा अन्जु विश्वकर्मा, सन्तोष मगराती, रोबर्टसिंह बडैलाको अभिनय रहेको छ । यस भिडियोको सम्पादन सिलन लम्सालले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु